प्रकाशित मिति : २०१९-०९-१७ (अद्यावधिक मित : २०२१-०६-१४)

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ नेपालको कृषि क्षेत्रलाई आगामी २० वर्षसम्म मार्ग निर्देश गर्ने कृषि विकास रणनीति (Agriculture Development Strategy, ADS) कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक संस्थागत जनशक्ति मार्फत तयार गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ.व. २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिको लागि सञ्चालनमा ल्याइएको छ।कैलाली जिल्लामा यस परियोजनाको संभाग ४ (सुपरजोन) आ.व. २०७३/७४ देखि लागू भएको हो।नेपालकै पहिलो सुपरजोन गहुँबालीमा २०७३ पौष ६ गते कार्यालय स्थापना भएको हो भने तेलहनको जोन विकास कार्यक्रम २०७४ सालमा शुरु भएको हो।गहुँ सुपरजोन कार्यक्रम घोडाघोडी नगरपालिका (वार्ड नं १०, ११ र १२), गौरीगंगा नगरपालिका (वार्ड नं ५,७,८, ९,१० र ११) र कैलारी गाउँपालिका (सबै वार्ड ९) र तेलहनको जोन विकास कार्यक्रम घोडाघोडी नगरपालिका (वार्ड नं १ देखि ९), जोशीपुर गाउँपालिका (वार्ड नं १ देखि ७) , बर्दगोरिया गाउँपालिका (वार्ड नं १,२,४,५ र ६), भजनी नगरपालिका (वार्ड नं २,३,६ र ८) र जानकी गाउँपालिका (वार्ड नं १,२,४र ७) मा लागू गरिएको छ। यसरी हेर्दा कुल ४७ वटा वडाहरुमा लागू गरिएको छ। गहुँ सुपरजोन एकाई कार्यालय कैलारी गाउँपालिकाको वार्ड ८ उदासीपुर लौंसामा अवस्थित छ भने घोडघोडी नगरपालिकाको सुख्खडमा तेलहन जोन एकाई कार्यालय अवस्थित छ। जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको मिति २०७८ मंसीर ९ गतेको निर्णय अनुसार आ.व.२०७८/७९ देखि भजनी न.पा. (वार्ड ३,६ र ८), जोशीपुर गा.पा.(१,२,३,४ र ५) र जानकी गा.पा.(वार्ड ४) मा कैलाली जिल्लामा धान जोन लागू गरिएको छ।

ठेगाना: कैलाली,नेपाल

फोन नं.: ०९१-५२२९९७

इमेल: pmamp.piu.kailali@gmail.com

वेबसाइट: piukailali.pmamp.gov.np

आइतबार देखि शुक्रबार (सार्वजनिक बिदा बाहेक) कार्यालय खुल्ला रहनेछ।

कार्यालय खुल्ने समय: बिहान १०:०० बजे

कार्यालय बन्द हुने समय: बेलुका ५:०० बजे

शनिबार कार्यालय बन्द रहनेछ।